काठमाडौँ– राजधानीको बौद्धमा गोली चलेको छ । गुण्डा नाइके दावा लामामाथि काठमाडौंमा गोली प्रहार भएको छ । अज्ञात समूहबाट उनीमाथि गौरीघाटमा रहेको हेल्थ क्लबमा गोली प्रहार भएको हो । उनलाई दुई गोली लागेको प्रहरीको भनाइ छ । घाइते लामाको अत्तरखेल अस्पतालमा उपचार भइरहेको छ ।


ADVERTISEMENT


गोलीकाण्डबारे अनुसन्धान भइरहेको प्रहरी परिसर काठमाडौंका एसपी प्रद्य‍‌ुन्न कार्कीले बताए । लामा गुण्डागर्दी गैह्रकानुनी गतिविधि गर्दै आएका छन् । प्रहरी स्रोतका अनुसार मंगलबार बिहान बौद्धको दिब्य पार्टी प्यालेसमा छिर्दाछिर्दै उनीमाथि अज्ञात व्यक्तिले गोली हानेको हो । यहाँ उनी दैनिक जिम जाने गर्दथे । उनलाई प्रतिद्धन्दी समुहकै कसैले गोली हानेको हुन सक्ने प्रहरीले आशंका गरेको छ ।


ADVERTISEMENT

# # #


प्रत्यक्षदर्शीका अनुसार हिँड्दै आएका एक व्यक्तिले एकाएक गोली हानेर भागेका थिए । दावाको कोखमा गोली लागेको बताइएको छ । काठमाडौं प्रहरीको क बर्गको सूचिको गुण्डामा परेका काभ्रेका लामा केहि पहिले दरबारमार्गको क्लब दडेजाबुमा झगडा गरेको आरोपमा पक्राउ परेर छुटेका थिए ।