काठमाडौँ– प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संसदप्रतिको जनधारणा कमजोर हुँदै गएको बताएका छन् ।


ADVERTISEMENT


संसदीय मामिला पत्रकार समाजले सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा सभामुख घिमिरेले संसदीय गतिविधिहरु प्रभावकारी हुन नसकेका कारण संसदप्रतिको जनधारणा कमजोर हुँदै गएको बताएका हुन् ।


ADVERTISEMENT

# # #


सांसदहरु निजी काम र निर्वाचन क्षेत्रमा बढि केन्द्रीत हुँदा संसदीय गतिविधि कमजोर हुँदै गएको र ऐन कानूनहरु पनि समयमा नै अघि बढ्न नसकेको उनको धारणा छ । संसदीय समितिहरुलाई नियमित ढंगले सञ्चालनका लागि आफुले पटक पटक दलीय रुपमा र समिति सभापतिहरुसंग निरन्तर छलफल गरेको उनले बताए ।

सभामुख घिमिरेले संघीयता कार्यान्वयनका लागि आवश्यक विधेयकहरु कार्यान्वयनमा जान नसकेको जनाए । विद्यालय शिक्षा विधेयकलाई छिटै पारित गर्न देखिएका अप्ठेरा समाधान गर्न, संघीय निजामति विधेयकलाई सम्पन्न गर्नका लागि पनि पटक पटक आफुले सहजीकरण गरिरहेको उनको भनाइ छ ।

त्यस्तै, राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रियसभामा बनेका मानकहरुलाई कम प्राथमिकता दिएको बताए । उनले सांसद, संसद सचिवालय, पत्रकार र नेपाली जनताको बीचको समुन्नयलाई ठीक ढंगले अघि बढाउन सके नेपालको संसदीय गतिविधिलाई अघि बढाउन सहज हुने उल्लेख गरे ।

कार्यक्रममा संसदीय मामिला पत्रकार समाजले प्रकाशन गरेको संसदीय पत्रकारिताः अवधारणा र अभ्यास नामक पुस्तक बिमोचन गरिएको थियो ।