काठमाडौँ – काठमाडौँमा जारी पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा चितवन राइनोजले सुदुरपश्चिम रोयल्सलाई १६५ रनको चुनौती दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १६४ रन बनाएको हो ।
चितवनका लागि हसन इसाखिलले सर्वाधिक ६५ रन बनाए । उनले ५२ बलमा ६ चौका र ३ छक्का प्रहार गरे । यस्तै रवि भोपराले १८ बलमा २ चौका र २ छक्कासहित ३६ रन हाने भने विपीन रावल १७ तथा कप्तान कुशल मल्ल १३ रनमा आउट भए ।
बलिङतर्फ सुदूरपश्चिमका स्कट कुग्गेलिजनले २ विकेट लिए भने ब्राण्डन म्याक्मुलन, कप्तान दीपेन्द्रसिंह ऐरी र सायब जैबले समान १–१ विकेट हात पारे । सुदूरपश्चिमले जवाफी ब्याटिङ गरिरहेको छ ।
लगातार तीन खेल जितिसकेको सुदूरपश्चिम चौथो जितको खोजीमा रहेको छ भने यसअघिका दुवै खेल जितेको चितवन तेस्रो जित निकाल्ने दाउमा रहेको छ ।