काठमाडौँ–राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आकस्मिक बैठक जारी छ ।
उपसभापति डिपी अर्यालले पार्टीका सभापति रवि लामिाछनेलाई लामिछानेलाई रातारात चितवनबाट पोखरा लगिएको बारे छलफल गर्न आकस्मिक बैठक बोलाएकोकार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले बताए।
उनका अनुसार बैठक यतिबेला भर्चुअल माध्यमबाट सञ्चालन भइरहेको छ । बैठकमा पार्टी सभापति रवि लामिछानेलाई उनको मानव अधिकार हनन गरी यातनापूर्वक रातारात चितवनबाट पोखरा लगिएको र डायरी समेत गायब गरिएको सम्बन्धमा छलफल हुने जनाइएको छ ।
यस सम्बन्धमा प्रवक्ता मनिष झाले पनि विज्ञप्ति जारी गर्दै चर्को असन्तुष्टि जनाएका छन् । सरकारको प्रत्यक्ष निर्देशनमा भएको रविलाई दिनभर चितवन जिल्ला सरकारी वकीलको कार्यालयमा बयान गराई राति सुतिरहेको बेलामा अचानक उठाई मध्यरातमा चितवनबाट सडक मार्ग हुँदै राति ३ बजे पोखरा पुर्याइएको उनको दाबी छ ।
, ‘सरकारको यो कदम राज्य संयन्त्रको दुरुपयोग गरी एक प्रतिस्पर्धी राजनीतिक दलको नेतालाई विभिन्न बहानामा यातना दिने अमानवीय, अपमानजनक तथा गैरन्यायिक चाल हो । यसैबीच सभापति लामिछानेको निजी डायरी हिरासतबाटै गायब गरिएको छ । हामी यसको घोर भर्त्सना गर्दछौं । सरकारको यो कर्मले नागरिकको नैसर्गिक मानवअधिकार हनन गरेको छ ।’, विज्ञप्तिमा भनिएको छ, ‘यो निर्मम कदमको औचित्य राज्यले पुष्टि गर्नुपर्नेछ । यसतर्फ राष्ट्रिय मानवअधिकार आयोग एवं सम्पूर्ण राष्ट्रिय अन्तर्राष्ट्रिय मानवअधिकारकर्मी तथा मानवअधिकारवादी संघ संस्थाहरुको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छौं । रवि लामिछाने कसुरदार नभई एक आरोपित भएको भन्दै सरकारको कानुनी प्रक्रियामा साथ दिएर उनले नागरिक कर्तव्य निर्वाह गरिरहेको उल्लेख गरेको छ ।’