काठमाडौं – वासु शशी स्मृति परिषद्ले वरिष्ठ कवि तथा आख्यानकार कृष्ण जोशीलाई ‘वाशु शशी साहित्य सम्मान २०७३’ र वरिष्ठ साहित्यकार रमा शर्मालाई ‘वासु शशी साहित्य सम्मान २०७४ प्रदान गर्ने निर्णय गरेको छ ।


ADVERTISEMENT


नेपाली भाषा साहित्य क्षेत्रमा पाँच दशकदेखि निरन्तर योगदान दिँदै आएका कवि जोशीका ‘मृत्यु दोहोरिन्छ म बाँचें भने’, ‘सार्वजनिक प्रशासन आधुनिक अध्ययन’ लगायत कृति प्रकाशित छन् ।


ADVERTISEMENT

# # #


साहित्यकार शर्मालाई पनि पाँच वर्षदेखि निरन्तर साहित्यमा योगदान पुर्याउँदै आएबापत उक्त सम्मान गर्न लागेको परिषद्ले जनाएको छ । त्यसैगरी आख्यानकार गोविन्द गिरी प्रेरणा र साहित्यकार डा.सलेन्दुप्रकाश नेपाललाई क्रमशः ‘वासु शशी पुरस्कार २०७३’ र ‘वासु शशी साहित्य पुरस्कार २०७४’ प्रदान गरिने भएको छ । उक्त सम्मान वरिष्ठ कवि एवं नाटककार वासु शशीको ८२ औं जन्मजयन्तीको अवसरमा आगामी चैत १३ गते प्रदान गरिने परिषद्का सचिव प्रद्युम्न जोशीले बताए ।