काठमाडौँ– सर्वोच्च अदालतले यातायात व्यवस्था विभागलाई तत्कालका लागि सवारी साधानमा इम्बोष्ड नम्बर प्लेट जडान नगर्न अन्तरिम आदेश दिएको छ ।


ADVERTISEMENT


प्रधानन्यायाधीश गोपाल पराजुलीको एकल इजलासले उक्त आदेश दिएको हो। वातावरणकर्मी भरत बस्नेतले इम्बोष्ट नम्बर प्लेटमा नेपाल लिपि प्रयोग नगरिएको र यसमा प्रयोग हुने चिप्सले मुलुकको सुरक्षा ब्यवस्थाको जासूसी गर्न सकिने उल्लेख गर्दै तत्काल रोक्न माग गर्दै रिट दिएका थिए।


ADVERTISEMENT

# # #


हालसम्म विभागले १७ सय वटा सवारी साधनमा इम्बोष्ड नम्बर प्लेट जडान गरिसकेको छ भने ५ हजार वटा निवेदन परेको छ।