ललितपुर– निर्माणाधीन कोटेश्वर–कलंकी सडक छेउका घर–टहरा भत्काउन ढिलाइ गर्दा काममा अवरोध पुगेको छ ।


ADVERTISEMENT


सातदोबाटो, खसीबजार, महालक्ष्मीस्थानलगायतका ठाउँमा सडक छेउमा घर टहरा नहटाउँदा काममा बाधा पुगेको काठमाडौँ चक्रपथ सुधार आयोजनाका इञ्जिनियर निरञ्जन शर्मा अर्यालले बताए ।


ADVERTISEMENT

# # #


उनले भने, “हामीले सम्बन्धित व्यक्तिलाई पटकपटक भने पनि अटेर गरिरहेका छन् ।” चिनियाँ कम्पनी संघाइ निर्माण सेवा समूहले निर्माणको जिम्मवारी लिएकामा आयोजनाले समन्वयको काम गरिरहेको छ ।

मुख्य सडक चार लेनभन्दा बाहिर दुवैतिर दुई दुई लेनको सहायक लेन र त्यो बाहिर एक÷एक लेनको सर्भिस ट्र्याक बन्दैछ । सर्भिस ट्र्याक हुँदै सवारी साधन सहायक लेनमा छिर्न सक्छन् ।

यी घर–टहराका कारण यस क्षेत्रमा सर्भिस ट्र्याकको काम अवरुद्ध भएको हो । यससँगै पाइप लाइन, विद्युत्का पोललगायतका कारणले गर्दा काममा ढिलाइ हुने गरेको छ ।

सडकमा बिच्छाइएका मेलम्ची र काठमाडौँ उपत्यका खानेपानी लिमिटेडका पाइप समय–समयमा फुट्ने गरेको छ । इञ्जिनियर अर्याल भन्छन्, “सम्बन्धित निकायले सहयोग गरिदिए काम गर्न सजिलो हुन्थ्यो ।” सडकको जम्मा लागत एक अर्ब रहेको छ ।