• प्रदेश १
  • मधेश प्रदेश
  • बाग्मती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम
  • प्रिति-युनिकोड

Himalaya Post
  • गृहपृष्ठ
  • राजनीति
  • अर्थ/बैंकिङ
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरन्जन
  • विश्व
  • | English Edition |

Select Page




रङ्गीविरङ्गी बत्तीले धनगढीका सडक झिलीमिली

Nov 6, 2024 |

रङ्गीविरङ्गी बत्तीले धनगढीका सडक झिलीमिली

480
SHARES
ShareTweet

सुदूरपश्चिम – ‘उज्यालो धनगढी अभियान’ अन्तर्गत सडकमा रङ्गीविरङ्गी बत्ती जडान गरिएसँगै धनगढीको मुख्य बजार क्षेत्रका सडक रातमा झिलीमिली बनेको छ ।


ADVERTISEMENT


मुख्य सडकका खम्बामा सेतो, नीलो र रातो रङको बत्ती एकसाथ बल्न थालेसँगै धनगढी बजारको सुन्दरता बढाएको हो । धनगढी उपमहानगर क्षेत्रको ‘छ लेन’ सडकखण्ड र स्तरोन्नति गरिएका ट्राफिक चोकदेखि कैलाली पुलसम्मको मुख्य सडकमा रङ्गीविरङ्गी बत्ती जडान गरिएको छ ।


ADVERTISEMENT

# # #


दुई वर्षपछि काम विशेषले डोटीबाट धनगढी आइपुगेएका भक्तराज जोशीले भने, “रातिको समयमा रङ्गीविरङ्गी बत्तीको उज्यालोमा हिँड्दा विकसित सहरमा पुगेको अनुभव भयो ।” मुख्य बजार क्षेत्रको बत्तीले सर्वसाधारणलाई हिँडडुल गर्न सहज मात्र नभई पसल पनि राति अबेरसम्म खुल्न थालेका छन् ।

उपमहानगरपालिका कार्यालय, विद्युत् शाखाका इन्जिनियर किशनकुमार शाहले सडकमा बल्ने झिलीमिली बत्तीले धनगढीको स्वरुप फेरिएको बताए । उपमहानगरपालिका र नेपाल विद्युत् प्राधिकरणबीचको सम्झौताबमोजिम ट्राफिक चोकदेखि धनगढी विमानस्थल जाने सडकको भागमा दुई सय ४० वटा ‘स्मार्ट स्ट्रिट लाइट’ जडान गरिएका छन् । सोही सडकखण्डका एक सय ४० वटा ‘टि गार्ड’मा ‘स्ट्रिपलाइट’ जडान गरिएका छन् ।

गोदावरी नगर क्षेत्रको सीमा कटेपछि सुरु हुने उपमहानगर क्षेत्रको प्रवेशद्वारमा ४८ वटा ‘फ्लड लाइट’र करिब पाँचसय मिटरमा ‘स्ट्रिप लाइट’ जडान गरी प्रवेशद्वारालाई झकिझकाउ पारिएको छ । यस्तै मोहनापुल नजिकको भन्सार प्रवेशद्वारमा २० वटा ‘फ्लड लाइट’ र पाँचसय मिटर ‘स्ट्रिप लाइट’ जडान गरिएको छ ।

आर्थिक चहलपहल बढी हुने उपमहानगर क्षेत्रका चोकमा ३० वटा ‘हाइमास्ट लाइट’ जडान भएको छ । नेपाल सरकार सहरी विकास मन्त्रालयको सहयोगमा विभिन्न सडकमा पाँचसय ५३ वटा ‘स्ट्रिट लाइट’ जडान भइसकेको छ ।

उपमहानगरपालिकाले रु ८० लाख लागतमा स्ट्रिप लाइट जडान गरिरहेको छ । “धनगढीको ट्राफिक चोकदेखि विमानस्थल जाने बाटोसम्मका ‘स्मार्ट स्ट्रिट लाइट’को कामबाहेक जडान भएका अन्य लाइट उपमहानगरपालिकाले आफ्नै खर्चमा जडान गरेको हो”, इन्जिनियर शाहले भने, “नेपाल विद्युत् प्राधिकरणसँगको सहकार्यमा थप वडालाई समेट्ने गरी हाइमास्ट लाइट र स्मार्ट स्ट्रिट लाइट जडानका लागि ठेक्का आह्वानसमेत भइसकेको छ ।” जडान भएका बत्ती आफैँ बल्ने र निभ्ने गर्छन् ।

उज्यालो धनगढी अभियानअन्तर्गत उपमहानगरपालिकाका सबै १९ वडामा बत्ती जडान गर्ने योजना छ । धनगढीलाई सुन्दर र हराभरा सहर बनाउन अघि सारेको ‘हरियाली धनगढी अभियान’ अन्तर्गत उपमहानगरपालिकाको पहलमा सार्वजनिक सडक तथा स्थानमा वृक्षरोपण गर्ने गरिएको छ । ‘छ लेन’ सडक खण्डको बीच भागमा बनाइएको ‘मिडियन बगैँचा’मा रोपिएका फूल फुल्न थालेपछि धनगढीको सुन्दरता थप बढाएको छ ।

धनगढीलाई सुन्दर सहर बनाउने लक्षका साथ नगरका कतिपय सार्वजनिकस्थलका भित्ता ९पर्खाल०मा स्थानीय कलासंस्कृति, वेशभूषा, पर्यटकीय गन्तव्यका क्षेत्रसम्बन्धी चित्र कोर्न थालिएको छ ।

चित्रमा सुदूरपश्चिमको कलासंस्कृति, पर्यटकीय गन्तव्य बारेमा आगन्तुकलाई जानकारी गराउने उद्देश्य राखिएको छ । रासस



#
#

#









#




#

#


Share:

Rate:

Previousवीरगञ्जमा छठका सामान किनमेल गर्नेको घुइँचो
Nextकीर्तिपुरमा सुरु भयो उप निर्वाचनको माहोल

ताजा खबर

  • सगरमाथा संवाद : हरित अर्थतन्त्र र जलवायु कूटनीतिमा जोड
  • खरबुजा बिक्रीबाट दैनिक १२ हजारसम्म आम्दानी गर्दै किसान
  • ‘सगरमाथा संवाद’मा सोलुखुम्बुको थामेको आवाज सम्बोधन हुने : प्रधानमन्त्री ओली
  • सिटिजन्स बैंकद्वारा धनुषाको संकट मोचन देवसरन रामरती माविलाई पंखा वितरण
  • लगातार पाचौँ दिन पनि घट्यो नेप्से, ७ अर्बको कारोबार

#
#
#
#
#
#
#
#
#
#
#
#

#

#
#
#

#
#
#

हिमालय पोष्ट

प्रकाशक –

लजिक मिडिया प्रा.लि.

ठेगाना – काठमाण्डौ – ४ , बालुवाटार
फोन नं. – +977-1-5705523
www.himalayapost.com

सूचना विभाग दर्ता प्रमाणपत्र नं. १७२ / ०७३ – ७४

ईमेल –
[email protected], [email protected], [email protected]

लजिक मिडियाद्वारा सञ्चालित हिमालय पोष्ट अनलाईन न्यूज पोर्टलका लागि :

अध्यक्ष / प्रधान सम्पादक – लोमस चापागाई

प्रबन्ध निर्देशक / सम्पादक – मिलन भण्डारी

डेस्क सम्पादक – रामचन्द्र पाण्डे

लेखकहरु –
डा. सुरेन्द्र झा
यादबकुमार भट्टराई
गोबिन्द ज्ञवाली
कुसुम भट्टराई


हाम्रो बारे – सम्पूर्ण टिम

© Logic Media Pvt. Ltd. 2017-2025 | All Rights Reserved