काठमाडौं-सरकार विरोधी गतिविधिमा संलग्न भएको आरोपमा टर्कीमा ६ जना पत्रकारलाई आजीवन जेल सजाय सुनाइएको छ ।


ADVERTISEMENT


अदालतले पत्रकारहरु नाज्ली लिकाक, एहमेत एलतान, मेहमेत एलतान, फेब्जी याजिसी, याकुप सिमसेक र सुक्रु तगु्रल ओजसेनजुल लाई आजीवन काराबासको सजाय सुनाएको हो ।


ADVERTISEMENT

# # #


इस्तानवुल अदालतले सरकार विरोधी गतिविधिमा संलग्न रहेका तथा अमेरिका समर्थित इस्लामिक धर्मगुरु फेथुल्लाह गुलेनसँग साँठगाँठ रहेको आरोपमा दोषी पाइएपछि ६ जना पत्रकारलाई सो सजाय सुनाएको बीबीसीले उल्लेख गरेको छ ।

अदालतको निर्णयको संयुक्त राष्ट्रसंघ लगायत, मानवअधिकारवादी समूह, तथा अन्य सञ्चारमाध्यमका प्रतिनिधिहरुले निन्दा गरेका छन् ।

सो निर्णयले टर्कीमा सञ्चारमाध्यमको वाक स्वतन्त्रता कुण्ठित पारेको संयूक्त राष्ट्रसंघका विशेष टिपोटकर्ता डेभिड कायेको भनाई छ ।