काठमाडौं-नेपालस्थित भारतीय दूतावासका प्रवक्ता रुबी जसप्रित शर्माका अनुसार मोदीले चिठीमा ओलीको नेतृत्वमा नेपालमा आर्थिक समृद्धि र विकास हासिल हुने उल्लेख गर्दै नेपालसँगको बहुआयामिक द्विपक्षीय सम्बन्ध थप बलियो हुने विश्वास व्यक्त गरेका छन् ।


ADVERTISEMENT


मोदीले ओलीलाई भारतमा स्वागत गर्न आफू प्रतीक्षारत रहेको पनि चिठीमा उल्लेख गरेका छन् । ओलीले जवाफमा बधाई तथा शुभकामना दिएकोमा मोदीलाई धन्यवाद दिँदै उपयुक्त समयमा भारत भ्रमण गर्ने बताएका छन् ।


ADVERTISEMENT

# # #


ओलीले मोदीलाई जनकपुर र मुक्तिनाथको तीर्थयात्रासमेत गर्ने गरी नेपाल भ्रमणका लागि आमन्त्रण गरेका छन् ।

ओली सांसद निर्वाचित भएपछि मोदीले गत ६ पुस र ७ माघमा पनि टेलिफोन गरेका थिए ।-आजको नयाँ पत्रिकाबाट