काठमाडौं-प्रदेश नम्बर ४ का सभामुख नेत्रनाथ अधिकारीले सबैले मिलेर प्रदेशलाई नमूना बनाउनु पर्नेमा जोड दिएका छन् । उनले यो कामका लागि तीब्र गतिमा काम गर्न प्रदेशसभा सचिवालयका कर्मचारीलाई निर्देशन समेत दिएका छन् ।


ADVERTISEMENT


प्रदेश प्रमुख बाबुराम कुँवरबाट सभामुखको पद तथा गोपनियताको सपथ लिएपछि पदबहाली गर्दै अधिकारीले यस्तो निर्देशन दिएका हुन् । ‘संघीयता कार्यान्वयन शुरु भएको छ, यसलाई सफल बनाउन छिटोभन्दा छिटो काम गर्नुपर्ने आवश्यकता छ, हामी हाम्रो स्थानबाट जुट्छौं, तपार्र्ईं तपाईको स्थानबाट जुट्नुहोस ।’ उनले भने ।


ADVERTISEMENT

# # #


संघीयतालाई हेर्ने अझै धेरै भ्रमहरु रहेको बताउँदै अधिकारीले ती भ्रमहरु निवारण गर्न कानूनहरु आवश्यक रहेको र ती कानूनहरु बन्न छिटो काम हुनुपर्नेमा उनले जोड दिए ।

सभामुखको सपथ लिएर सहिद स्मृति पार्कमा माल्र्यापण गरेपछि उनी सिधै प्रदेश सांसद भवन पुगेका थिए । सभामुखको कार्यकक्षमा पदभार ग्रहण गरेपछि उनले प्रदेशसभा सञ्चालन गर्ने नियमावली बनाउने निर्णयमा पहिलो हस्ताक्षर गरेका थिए ।

नदिपुरस्थित प्रदेश संसद भवन पुग्दा सभामुख अधिकारीलाई प्रदेश सचिवालयका प्रमुख जीवराज बुढाथोकी लगायतका कर्मचारीले स्वागत गरेका थिए । प्रदेशको अबको बैठक आईतबार बस्दैछ र त्यो बैठकको अध्यक्षता अधिकारीले गर्दैछन् । यसअघि बसेका दुईवटा प्रदेशसभाका बैठक ज्येष्ठ सदस्यता हैसियतले सांसद जनकलाल श्रेष्ठले गरेका थिए ।