काठमाडौं–सत्तारुढ नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले मुलुक विकासको व्यवहारिक योजना बनाउन प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाव दिएका छन् । शुक्रबार काठमाडौंमा आयोजित ‘नेपालको समृद्धि र सम्भावना’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै वरिष्ठ नेता नेपालले उक्त सुझाव दिएका हुन् ।


ADVERTISEMENT


पूर्वप्रधानमन्त्री समेत रहेका बरिष्ठ नेता नेपालले कार्यक्रममा मुलुकको सम्पूर्ण ध्यान आर्थिक समृद्धिमा केन्द्रित हुनुपर्ने पनि स्पष्ट पारे । उनले मुलुकलाई समृद्ध बनाउन दक्ष जनशक्ति र भौतिक पूर्वाधारको कामलाई तीव्रता दिनुको विकल्प नरहेको समेत स्मरण गरे ।


ADVERTISEMENT

# # #


पूर्वमन्त्री नेपालले कृषि, पर्यटन र जलस्रोतनै मुलुक समृद्धिको मुख्य आधार भएको पनि उल्लेख गरे । बरिष्ठ नेता नेपालले रोजगारी बृद्धि र उद्यम विकासलाई पनि सरकारले उच्च प्राथमिकता दिनुपर्ने आवश्यक्ता औंल्याए ।