काठमाडौं-प्रदेश ६ का मुख्य मन्त्री महेन्द्रबहादुर शाहीले आफ्नो कार्यकालमा गर्ने मुख्य योजना अगाडि सारेका छन् । उनले भौतिक पूर्वाधार, सडक, शिक्षा, स्वास्थ्य पर्यटनलाई विशेष ध्यानदिदै समृद्ध प्रदेश बनाउने बताएका छन् ।


ADVERTISEMENT


यस्ता छन् मन्त्रीका योजना
१. ६ नम्बर प्रदेशमा रहेका प्रत्येक स्थानीय तहमा सडक सञ्जाल र विद्युतको पहुँच विस्तार गर्ने ।
२ . दक्ष जनशक्ति उत्पादनका लागि हरेक विधाका शैक्षिक संस्थाको विकास गरी योग्य जनशक्ति उत्पादन गर्ने र रोजगारीको वाताबरण बनाउने ।
३. ६ नम्बर प्रदेशका प्रत्येक जिल्लामा सुविधा सम्पन्न अस्पतालहरुको विकास गर्ने ।
४. मानसरोवर, छायानाथ, कैलाश पर्बत, राराताल, शे फोक्सुडोताल, सुर्खेतको काक्रेविहार, कालिकोटको त्रिबेणी, दैलेखको ज्वाला केन्द्र जस्ता कर्नाली प्रदेश भरीका साना ठूला सबै धार्मिक तथा प्राकृतिक क्षेत्रहरुलाई पर्यटक क्षेत्रको रुपमा विकास गर्ने,
५. कर्णाली प्रदेश हिमालय पर्बतको बढी प्रभाव क्षेत्र भएकाले अहिले ब्याप्त बढ्दो जलबायु परिवर्तनले पारेको असरलाई नियन्त्रण गर्न यो प्रदेशलाई ग्रिन प्रदेशको रुपमा विकास गर्ने


ADVERTISEMENT

# # #