काठमाडौं-नवनियुक्त प्रधानमन्त्री केपी ओलीले डाकेको पहिलो मन्त्रीपरिषद बैठकले निर्वाचन सम्पन्न गराउन योगदान दिने सम्पूर्ण नागरिक र मतदातालाई आभार व्यक्त गरेको छ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा विहिबार साँझ बसेको बैठकले निर्वाचन आयोग , कर्मचारी लगायत निर्वाचन सम्पन्न गर्न योगदान पुर्याउने सबैलाई धन्यवाद पनि दिएको छ ।


ADVERTISEMENT


ओली नेतृत्वको पहिलो मन्त्रिपरिषदले प्रत्येक स्थानीय तहमा कम्तिमा एउटा उद्योग ग्राम स्थापना गर्ने, प्रत्येक प्रदेश सदरमुकाममा आधुनिक र सुविधासम्पन्न रंगशाला बनाउने निर्णय गरेको छ। त्यस्तै प्रत्येक प्रदेशमा प्राविधिक तथा व्यवसायिक महाविद्यालय बनाउने पनि मन्त्रिपरिषदको निर्णयमा उल्लेख छ ।


ADVERTISEMENT

# # #


एमाले र माओवादीले केपी ओलीलाई प्रधानमन्त्रीमा समर्थन गरेको पत्र पठाएपछि विहिबार राष्ट्रपति विद्यादेवी भण्डारीले ओलीलाई नियुक्त गरेकी थिइन् । नियुक्ति पछि राष्ट्रपति भण्डारीबाट पद तथा गोपनीयताको सपथ लिएका प्रधानमन्त्री ओलीले लगत्तै शहिदहरुप्रति माल्यार्पण गर्न गएका थिए। त्यसपछि उनी पदभार ग्रहण गर्न सिंहदरबार पुगेका थिए । पदभार ग्रहण गरेलगत्तै बसेको मन्त्रीपरिषद् बैठकले ६ निर्णय गरेको छ ।