काठमाडौं-रियल मड्रिडले च्याम्पियन्स लिग फुटबल अन्तर्गत अन्तिम १६ को पहिलो लेगमा फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट–जर्मेन (पिएसजी)लाई हराएको छ। साबिक विजेता रियल मिड्रडले घरेलु मैदानमा पिएसजीलाई ३–१ ले हराएको हो ।


ADVERTISEMENT


रियल मड्रिडलाई महत्वपूर्ण जित दिलाउन रोनाल्डोले दुई तथा मार्सेलोले एक गोल गरे । पिएसजीका लागि एड्रियन राबिओटले एक गोल फर्काए । खेलको ३३ औं मिनेटमा राबिओटको गोलबाट पिएसजीले सुरूवाति अग्रता लिए पनि घरेलु टिमसँगको अग्रता जोगाउन सकेन ।


ADVERTISEMENT

# # #


सुरूमा पछि परेको रियल मड्रिडले त्यसपछि एकतर्फी रूपमा तीन गोल गर्‍यो । ४५ औं मिनेटमा पाएको पेनाल्टीमार्फत गोल गर्दै रोनाल्डोले पहिलो हाफमा खेल १–१ को बराबरीमा ल्याए । खेलको अन्तिम १० मिनेटसम्म १–१ को बराबरी भएको खेलमा रियल मड्रिडका लागि ८३ औँ मिनेटमा रोनाल्डोले व्यक्तिगत दोस्रो गोल गरेपछि खेलमा अग्रता लियो।

त्यसको तीन मिनेटपछि मार्सेलोले गोल गरेपछि रियल मड्रिड ३–१ ले विजयी भयो । यो सँगै रोनाल्डोले च्याम्पियन्स लिगमा एउटै क्लबबाट १ सय गोल पुरा गरेका छन् ।

पिएसजीसँगको खेलमा गरेको दुई गोलसँगै उनले रियल मड्रिडबाट च्याम्पियन्स लिगमा १०१ गोल गरेका हुन् ।नेइमारलाई रोकेको रियलले पिएसजीको कमजोर रक्षापंक्तिमा फाइदा लियो ।

रियल मड्रिड र पिएसजी योसँगै ७ पटक एक अर्कासँग प्रतिस्पर्धा गरेका छन् । त्यसमा रियल मड्रिडले तीन तथा पिएसजीले दुई खेल जितेको छ । दुई खेलमा बराबरी भएको छ ।