काठमाडौं-वेष्ट ब्रोमलाई हराउँदै चेल्सी इंग्लिस प्रिमियर लिग फुटको चौथो स्थानमा उक्लिएको छ । लिग अन्तर्गत सोमबार राति घरेलु मैदानमा भएको खेलमा चेल्सीले वेष्ट ब्रोमलाई ३–० ले हराएको हो ।


ADVERTISEMENT


चेल्सीको जितमा इडन हजार्डले दुई तथा विक्टर मोसिसले एक गोल गरे । २५ औँ मिनेटमा हजार्डको पहिलो गोलबाट चेल्सीले पहिलो हाफमा १–० को अग्रता लियो ।


ADVERTISEMENT

# # #


६३ औँ मिनेटमा मोसिसले गोल गर्दै चेल्सीको अग्रता दोब्बर पारे । ७१ औँ मिनेटमा हजार्डले व्यक्तिगत दोस्रो गोल गरेपछि चेल्सी ३–० ले विजयी भयो ।

यसअघिका खेलमा बोर्नमाउथ र वाट्फोर्डसँग पराजित भएको चेल्सीलाई वेष्ट ब्रोममाथिको जितले राहत दिएको छ । चेल्सीले लिगमा सन् २०१८ मा घरेलु मैदानमा पहिलो जित दर्ता गरेको हो ।

जितपछि चौथो स्थानमा उक्लिएको चेल्सीको २७ खेलबाट ५३ अंक भएको छ । पाँचौँ स्थानमा झरेको टोटनह्यामको ५२ अंक छ । पुछारमा रहेको वेष्ट ब्रोमको २० अंक मात्रै छ ।