काठमाडौं-पार्टी एकता प्रक्रिया र प्रतिनिधिसभामा समानुपातिकतर्फको उम्मेदवार चयन गर्न एमाले स्थायी समिति बैठक आज बस्दैछ । हिजो बस्ने भनिएको बैठक नेताहरुको कार्य व्यस्तताका कारण आजका लागि सरेको हो ।


ADVERTISEMENT


पार्टीले पाएको सिट संख्यामा विजयी हुने उम्मेदवारको नाम प्रस्ताव गर्न निर्वाचन आयोगको पत्राचार पछि एमालेले आज स्थायी समितिमा छलफल गर्न लागेको हो ।


ADVERTISEMENT

# # #


राजधानीको धुम्वाराहीस्थित पार्टी कार्यलयमा बिहान साढे ११ वजे बस्ने बैठकमा पार्टीको भागमा परेका सिट संख्यामा उम्मेदवार चयन संगै बाम एकता प्रक्रियाबारे छलफल हुने स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेले जानकारी दिएका छन् ।

निर्वाचन आयोगले प्रतिनिधिसभा समानुपातिक तर्फको चुनाव सकिएको ६४ दिनपछि शुक्रबारे मतपरिणाम सार्वजनिक गर्दै उम्मेदवारको नाम प्रस्ताव गर्न दलहरुलाई आव्हान गरेको थियो ।

समानुपातिक तर्फको १ सय १० सिटमा एमालेले ४१, कंग्रेसले ४०, माओवादी केन्द्रले १७, राष्ट्रिय जनता पार्टीले ६ र संघीय समाजबादी फोरमले ६ सिट पाएका छन् । निर्वाचन आयोगले भोली सम्म उम्मेदवार प्रस्ताव गर्न आग्रह गर्दै दलहरुलाई शुक्रबार पत्राचार गरेको थियो ।