काठमाडौं-दक्षिण अफ्रिकाले भारतलाई चौथो एकदिवसीय क्रिकेटमा ५ विकेटले हराएको छ । वर्षाले प्रभावित खेलमा २८ ओभरभित्र २ सय २ रनको लक्ष्य पाएको दक्षिण अफ्रिकाले ५ विकेट गुमाएर निर्धिरित लक्ष्य भेट्टाउँदै भारतलाई हराएको हो ।


ADVERTISEMENT


दक्षिण अफ्रिकालाई जिताउन हेनरिक क्लासेनले नटआउट ४३ र डेभिड मिलरले ३९ रन बनाए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भारतले शिखर धवनको १ सय ७ रनको मद्दतमा निर्धारित ५० ओभरमा २ सय ८९ रन बनाएको थियो ।


ADVERTISEMENT

# # #


भारतका विराट कोहलीले ७५ रन बनाए भने महेन्द्रसिंह धोनी ४२ रनमा नटआउट रहे । यसैबीच छैटौं एकदिवसीय क्रिकेट खेलको श्रृंखलामा भारत ३–१ ले अझै अघि छ ।