काठमाडौं-एनआईसी एशिया बैंकको २ नयाँ शाखाहरु खुलेका छन् । बझाङको जयपृथ्वी नगरपालिका १०, चैनपुरर र धादिङको निलकण्ठ नगरपालिका ३, धादिङ्गवेशी,खुलेका हुन् ।


ADVERTISEMENT


जयपृथ्वी नगरपालिकाका मेयर बिरेन्द्रबहादुर खड्काबाट बझाङ र निलकण्ठ नगरपालिकाका मेयर भिमप्रसाद ढुङ्गानाबाट धादिङ्गवेशी शाखाको औपचारिक रुपमा समुद्घाटन भएको हो ।


ADVERTISEMENT

# # #


शाखा सञ्जाल, पूँजी संरचना, वासलातको आकार, ग्राहक संख्याहरुको आधारमा एन आई सी एशिया बैंक निजी क्षेत्रको अग्रणी बैंकहरु मध्ये एक हो ।

उल्लेखित २ शाखा कार्यालयहरुको समुद्घाटन सँगै हाल यस बैंकले अधिराज्यभर १७० शाखा कार्यालयहरु, १६८ एटिएम एवम् ४ एक्स्टेन्सन काउन्टरहरुबाट ग्राहक महानुभावहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ ।

बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा संचालन गर्ने योजना अगाडि सारेको छ ।