काठमाडौं – कलाकारको नाममा विभिन्न व्यक्तिलाई दक्षिण कोरिया पठाएको आरोपमा प्रहरीले द्वन्द्व निर्देशक राजेन्द्र खड्गीलाई पक्राउ गरेको छ ।


ADVERTISEMENT


बिहीबार केन्द्रीय अनुसन्धान व्यूरो सीआईबीको टोलीले खड्गीलाई काठमाडौंको ठमेलबाट पक्राउ गरेको हो । दक्षिण कोरीयामा विभिन्न ड्रामा, डकुमेन्ट्री, फिल्म बनाउने भनी कलाकारको नाममा बिभिन्न व्यक्तिहरुलाई पठाई मानव ओसारपसार गरेको उनीमाथि आरोप लागेको छ ।


ADVERTISEMENT

# # #


खड्गीमाथि अनुसन्धान गर्न प्रहरीले जिल्ला अदालत काठमाडौंबाट ५ दिनको म्यादसमेत लिएको छ ।