काठमाडौं – नेपाली कांग्रेस प्रदेश ३ संसदीय दलको नेतामा इन्द्र बानियाँ चयन भएका छन् । बिहीबार काठमाडौंमा बसेको बैठकले बानियाँलाई सर्वसम्मत संसदीय दलको नेता चयन गरेको हो ।


ADVERTISEMENT


दलको नेता बन्न बानियाँसँगै पूर्व केन्द्रीय सदस्य डा. राजाराम कार्की पनि दावेदार थिए । तर, पार्टी पदाधिकारी बैठकबाट संसदीय दल गठनका लागि जिम्मेवारी पाएकी केन्द्रीय सदस्य महालक्ष्मी उपाध्यायको उपस्थितिमा बसेको बैठकले बानियाँलाई संसदीय दलको नेता चयन गरेको छ ।


ADVERTISEMENT

# # #


बानियाँले कांग्रेसलाई ३ नम्बर प्रदेशमा सशक्त पार्टीको रुपमा प्रदेश सभामा प्रस्तुत गर्ने बताए । पार्टीले प्रदेशको संसदीय दलसम्बन्धी विधान विधान पास गरेपछि थप कार्यविभाजन हुने बानियाँले बताए ।

पूर्व गृहराज्यमन्त्री एवं मकवानपुर कांग्रेसका सभापति बानियाँ मकवानपुर क्षेत्र नम्बर २ अन्तरगत प्रदेश २ बाट विजयी प्रदेशसभा सदस्य हुन् ।