उदयपुर – उदयपुरमा १९ हजार ५३३ बालबालिकाहरुलाई आईपीभी खोप लगाईने भएको छ ।


ADVERTISEMENT


जिल्लाको ८ ओटै पालिकामा राष्ट्रिय खोप अभियान ८१ अन्तर्गत पोलियो विरुद्धको (आई.पि.भि) खोप लगाईने भएको हो । बेलका नगरपालिका, चौदण्डीगढी नगरपालिका, त्रियुगा नगरपालिका, रौतामाई गाउँपालिका, लिम्चुङबुङ गाउँपालिकामा यहि जेष्ठ १३ देखि १८ गते सम्म र कटारी, ताप्ली र उदयपुरगढीमा जेष्ठ २१ गतेदेखी २६ गते सम्म गरी दुई चरणमा खोप लगाईने स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ ।


ADVERTISEMENT

# # #


खोप अभियान संञ्चालनका लागि करिब ३ सय २० जना स्वाथ्यकर्मी र ६ सय ४१ स्वयसेवकहरु खटाईएको स्वास्थ्य कार्यालय उदयपुरका खोप सुपरभाईजर निरीक्षक चिरन्जिवी निरौलाले जानकारी दिए । उदयपुर जिल्ला भर ४ सय ४३ केन्द्र र ५ सय ५८ विद्यालयमा खोप केन्द्र संचालन गरिने छ ।

खोप अभियानमा आउन सक्ने स्वास्थय समस्यालाई हल गर्न दक्ष चिकित्सक सहितको टोली समेत व्यवस्थापन गरिएको स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ ।