काठमाडौँ – प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले गृहमन्त्रीमाथि छानविन गर्न संसदीय समिति बनाउनुपर्ने माग गर्दै सदनका साथै सडक संघर्ष गर्ने भएको छ ।


ADVERTISEMENT


पार्टी कार्यालय सानेपामा बुधबार बसेको कांग्रेस केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले सहकारी प्रकरणमा संसदीय छानविन समिति गठनका साथै पीडितहरुको बचत फिर्ता गर्न दबाब दिनका लागि सदनका साथै सडकबाट संघर्ष गर्ने निर्णय गरेको हो । पहिलो चरणमा काठमाडौं उपत्यकामा व्यापक प्रदर्शन गर्ने र त्यसपछि क्रमशः प्रदेशमा प्रदर्शन गर्ने कांग्रेस केन्द्रीय सदस्य डिला संग्रौलाले जानकारी दिए ।


ADVERTISEMENT

# # #


प्रदर्शनका लागि नेविसंघ, तरुण दल, महिला संघलगायतका संगठनलाई सडकमा उतार्ने तयारी कांग्रेसले गरेको छ । संग्रौलाले वर्तमान सरकार अलोकतान्त्रिक र असंवैधानिक बाटोमा हिँडिरहेको आरोप लगाए । त्यस्तै बैठकले संसदमा गृहमन्त्रीको अभिव्यक्ति अमर्यादित र बदनियतपूर्ण भएको भन्दै आपत्ति जनाएको संग्रौलाले जानकारी दिए ।

त्यस्तै कैलाश सिरोहियालाई पक्राउ गर्ने कदम लोकतन्त्रमाथिको हमला भएको भन्दै भत्र्सना गरिएको उनले बताए । त्यस्तै कांग्रेसले गिरिबन्धुको जग्गा प्रकरणको विषयलाई पनि सशक्त रुपमा अघि उठाउने संग्रौलाले बताए ।