काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफुमाथि प्रश्न उठेपछि सम्बन्धीत व्यक्तिले त्यसको जवाफ दिन पाउनुपर्ने बताएका छन् ।


ADVERTISEMENT


संसद भवन नयाँ बानेश्वरमा बसकोे एमाले संसदीय दलको बैठकमा ओलीले सहकारीका विषयमा कांग्रेसले गृहमन्त्रीमाथि प्रश्न उठाएपछि त्यसको जवाफ दिन पाउने लोकतान्त्रिक अधिकार भएको बताएका हुन् । उनले सहकारीका नाममा छुद्र खेल नखेल्न कांग्रेसलाई सुझाव दिए । ओलीले वर्तमान सरकार भत्काउन असफल भएपछि कांग्रेसले पीडा पोखेको तर्क गरे ।


ADVERTISEMENT

# # #


उनले सहकारी समस्याका विषयमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले माग गरेको संसदीय छानबिनको विषय आवश्यक नभएको दाबी गरे । त्यस्तै ओलीले ओलीले सय रुपैयाको नोटमा नेपालको नयाँ नक्सा राख्ने निर्णयका बिषयमा राष्ट्रपतिका विज्ञ सल्लाहकारले दिएको अभिव्यक्तिप्रति आपत्ती जनाए । उनले राष्ट्रपतिका विज्ञ सल्लाहकारको अभिव्यक्ति सामान्य नभएको भन्दै यसलाई एमालेले गम्भीरतापूर्वक लिएको जिकिर गरे ।

ओलीले सङ्घीय संसद्को बर्खे अधिवेशनमा शालीन र सशक्तरुपमा प्रस्तुत हुन पार्टीका सांसदलाई निर्देशन दिए । ओलीले सामान्य आवस्थामा शालिन र आवश्यक पर्दा सशक्त हुनुपर्ने गरी सक्रिय रहन निर्देशन दिए ।