काठमाडौँ – प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले सहकारीको रकम अनियमितताका सम्बन्धमा संसदीय छानबिन समिति गठन गर्न माग गरेका छन् ।


ADVERTISEMENT


शुक्रबारबाट सुरु भएको राष्ट्रिय सभाको बर्खे अधिवेशनका दलीय आधारमा बोल्दै सिटौलाले उक्त समिति गठन नभए सदनका बैठक सञ्चालनमा सहजता नआउने स्पष्ट गरे । कांग्रेसले गृहमन्त्रीको राजीनामा नमागेको भन्दै उहाले यस बिषयमा प्रष्टमात्रै हुन खोजेको बताए ।


ADVERTISEMENT

# # #


उनले आफ्नो पार्टीको संसदीय दलको निर्णय पनि गृहमन्त्रीमाथिको छानबिन समिति बनाउनुपर्छ भन्ने रहेको बताउँदै समिति गठन नभए संसद् बैठक अघि बढ्न नसक्ने बताए ।

त्यस्तै एमालेका नेता देवेन्द्र दाहालले देशका विभिन्न स्थानमा पछिल्लो समयमा भएको वनजङ्गलको डढेलो र आगलागी नियन्त्रणका लागि सरकारले सक्रियतापूर्वक काम गर्नुपर्ने माग गरे । उनले नेपालको परिमार्जित राजनीतिक नक्सालाई नोटलाई समावेश गर्न लागिएका विषयमा अन्य देशको चासो उपयुक्त नभएको बताएू ।

उनले सो विषयमा राष्ट्रपति रामचन्द्र पौडेलका एक सल्लाहकारले फरक मत सार्वजनिक हुनुलाई उचित नभएको टिप्पणी गरे ।