काठमाडौँ – राष्ट्रियसभाको शुक्रबारको बैठकमा नेपाल कम्युनिस्ट पार्टी (एमाले) का नेता देवेन्द्र दाहालले देशका विभिन्न स्थानमा पछिल्लो समयमा भएको वनजङ्गलको डढेलो र आगलागी नियन्त्रणका लागि सरकारले सक्रियतापूर्वक काम गर्नुपर्ने माग गरेका छन् ।


ADVERTISEMENT


सभाको बर्खे अधिवेशन तथा १६औँ अधिवेशन प्रारम्भ भएको अवसरमा दलका तर्फबाट मन्तव्य राख्दै नेता दाहालले आगलागीबाट प्रभावित भएकाहरूलाई क्षतिपूर्ति दिन पनि आग्रह गरे ।


ADVERTISEMENT

# # #


फरक सन्दर्भमा उनले नेपालको परिमार्जित राजनीतिक नक्सालाई नोटमा समावेश गर्न लागिएका विषयमा अन्य देशको चासो छ भन्ने नाममा रोक्न आवश्यक नभएको धारणा राखे ।

नेता दाहालले सो विषयमा राष्ट्रपति रामचन्द्र पौडेलका एक सल्लाहकारले फरक मत सार्वजनिक हुनुलाई उचित नभएको टिप्पणी गरे ।