काठमाडौँ– शुक्रवार बस्ने भनिएको प्रतिनिधिसभाको बैठक अझै सुरु भएको छैन । बैठक २ बजे बस्ने भनिए पनि अहिलेसम्म सुरु हुन नसकेको हो ।


ADVERTISEMENT


प्रतिनिधि सभा बैठक सुचारुका लागि वार्ता मिलाउन अहिले सभामुख दलका प्रमुख सचेतकहरुसँग छलफलमा जुटेका छन् । यो बैठकलगत्तै कार्य व्यवस्था परामर्श समितिको बैठक बस्ने सभामुखको सचिवालयले जनाएको छ ।


ADVERTISEMENT

# # #


आजदेखि सदनमा बजेट अधिवेशनमा हुने कार्यसूची रहेको थियो भने सहकारी ठगी प्रकरणमा जोडिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति बनाउनुपर्ने माग राखेका सरकार प्रतीपक्ष नेपाली कांग्रेसले रवि लामिछानेलाई रास्वा सभापतिको हकमा बोल्न दिने निर्णय गरेको थियो ।

त्यसैगरि, छानबिन गर्न संसदीय समिति बनाउनुपर्ने मागमा अडिग कांग्रेसको आज बसेको बैठकले पुनः सदन अवरोध गर्ने निर्णय गरेकाले हालसम्म बैठक शुरु हुन नसकेको जनाइएको छ ।