काठमाडौँ– उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई संसद्‌मा बोल्न दिने गरेको नेपाली कांग्रेसले आज पनि संसद् अवरोधको तयारी गरेको छ ।


ADVERTISEMENT


संसद भवन नयाँ बानेश्वरमा बसेको कांग्रेस संसदीय दलको बैठकले छानविन समिति कांग्रेसको बटमलाईन भएको भन्दै माग पुरा नभएसम्म विरोध जारी रहने निष्कर्ष निकालेको हो ।


ADVERTISEMENT

# # #


बैठकपछि कांग्रेसका मुख्य सचेतक रमेश लेखकले सहकारी ठगी प्रकरणमा गृहमन्त्री संलग्न रहेको पुष्टि हुने प्रमाण देखिएकाले संसदीय छानबिन समितिको अडान कायमै राख्ने निर्णय भएको जानकारी दिए ।

उनले छानबिन समिति गठन पार्टीको बटमलाइन भएकाले त्यसबाट पछि नहट्ने स्पष्ट पारे। संसद् बैठक अवरोध हुँदा त्यसको जिम्मेवार सरकार हुने उनले बताए । कांग्रेसले उठाएका विषय सवै नेपाली जनताको चासो र सरोकारको विषय भएको ठहर रहेको उनको भनाइ छ ।

बैठकले सरकारको गैर जिम्मेवार र असंवेदनशील चरित्रले संसदीय छानविन समितिको आवश्यकतालाई थप पुष्टि गरेको निष्कर्ष निकालेको लेखकले बताए । उनले सहकारी ठगीमा संलग्न मानिसहरुलाई बचाउन सरकारले राज्यका संवैधानिक निकाय समेतको अवैधानिक र अमार्यादित ढङ्गले दुरुपयोग गरी रहेको धारणा राखे ।

उनका अनुसार दलीय प्रतिनिधित्वको आधारमा सभामुखले बोल्न दिएपछि नेपाली कांग्रेसको तर्फबाट रामहरि खतिवडाले बोल्नेछन् । जसमा उनले सहकारी छानबिन समितिको माग गर्ने र गृहमन्त्री रवि लामिछानेमाथि अनुसन्धान गर्नुपर्ने धारणा राख्नेछन् ।

खतिवडाका अनुसार त्यसपछि सभामुखले रास्वपा सभापति समेत रहेका उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेले बैठकमा धारणा राख्न समय दिनेछन् ।

रविको बोलीमा असहमति जनाउँदै कांग्रेस सांसदहरूले उठेर बोल्ने समय माग्नेछन् । सभामुखले बोल्न दिएपछि महामन्त्री गगन थापाले कांग्रेसको धारणा राख्नेछन् । त्यसपछि बैठक अवरुद्ध गर्ने कांग्रेसले तयारी गरेको छ ।