काठमाडौँ– प्रहरीले स्रोत नखुलेको अन्ठानब्बे लाख रकम सहित दुई जनालाई पक्राउ गरेको छ ।


ADVERTISEMENT


काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले शुक्रबार पत्रकार सम्मेलन गर्दै काठमाडौंको मालिगाउँ क्षेत्रबाट स्रोत नखुलेको ९८ लाख रकम सहित रुपन्देही घर भएका समिर सुनार र मिलन बिकलाइ पक्राउ गरि सार्वजनिक गरेको हो ।


ADVERTISEMENT

# # #


सो स्थानमा हुण्डी सम्बन्धी कारोबार भईरहेको छ भन्ने गोप्य सूचना आधारमा थप अनुसन्धान गर्दा बा. १३ च. ४८५८ नम्बरको निजि कारबाट सो रकम बरामद भएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सानुराम भट्टराईले जानकारी दिए । पक्राउ पर्नेहरु यसअघि सुन तस्करीमा संलग्न भएको खुलेको छ ।

त्यस्तै प्रहरीले अवैध बाटो प्रयोग गरी अमेरिका तथा क्यानडा पु¥याउने भन्दै विभिन्न व्यक्तिहरुबाट ५ करोड ५० लाख रकम ठगि गर्ने गिरोहलाई पनि पक्राउ गरि सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोक घर भएका टासी शेर्पा, ङिमबुटी शेर्पा र निमा शेर्पा रहेका छन् । ङिमवुटी शेर्पाले आफ्नो श्रीमान् दावा शेर्पा तथा टासी शेर्पाले आफ्नो छोरोलाई अवैध बाटो प्रयोग गरी अमेरिका पठाएको र अरुलाई पनि पठाउने भन्दै प्रलोभन देखाउने गरेको प्रहरी वरिष्ठ उपरीक्षक भट्टराईले बताए ।

सिन्धुपाल्चोक घर भएका अरूण तामाङ समेत १० जनाबाट ठगी सम्बन्धी कसूर समेतमा जाहेरी दरखास्त आएपछि अनुसन्धान गर्दै जाँदा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

यस गिरोहले करिब १५ जना नेपालीहरुलाई अमेरिका पठाउन केन्या लगायतका विभिन्न देशहरुमा अहिले पनि बन्धक बनाई राखिरहेको र निजहरुबाट करिब ७ करोड ५० लाख रकम लिएको खुल्न आएको प्रहरीले जानकारी दिएको छ ।