काठमाडौँ– खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले खेलकुद मन्त्रालयको बजेटले लुडो, बुद्धिचाल र बाघचाल मात्रै खेलाउन सक्ने अवस्था रहेको बताएका छन् ।


ADVERTISEMENT


सिंहदरबारमा बिहीबार बसेको प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा मन्त्री श्रेष्ठले खेलकुद मन्त्रालयको बजेट अत्यन्त न्यून रहेको भन्दै उक्त बजेटले लुडो, बुद्धिचाल र बाघचाल मात्रै खेलाउन सक्ने अवस्था रहेको बताएका हुन् ।


ADVERTISEMENT

# # #


कम बजेट भएको मन्त्रालयमा खेलकुद पूर्वाधारको माग भने देशको बजेट भन्दा ठूलो रहेको उनले जनाए । मन्त्री श्रेष्ठले बजेट र उपयुक्त नीतिको अभावका काण खेलकुद पूर्वाधारको बिकास हुन नसकेको जिकिर गरे ।

उनले खेलकुद ऐन संशोधनको तयारी भइरहेको भन्दै यसका लागि आवश्यक सुझाव संकलन गर्ने काम समेत जारी रहेको जानकारी दिए । बैठकमा समिति सदस्यहरुले खेलकुद क्षेत्रमा खेलाडीहरुले पछिल्लो समय निकै राम्रो प्रदर्शन गरेपनि त्यहि अनुसार पूर्वाधारमा सरकारले ध्यान दिन नसकेको बताएका थिए ।