काठमाडौँ – काठमाडौँको नक्सालस्थित बाल मन्दिरको जग्गा हिनामिना प्रकरणमा २० जनाविरुद्ध पक्राउ पूर्जी जारी भएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को निवेदन अनुसार जिल्ला अदालत काठमाडौंले २० जनाविरुद्ध पक्राउ पूर्जी जारी गरेको हो ।
पक्राउ पूर्जी जारी भएकाहरुमा नेपाल बाल संगठनका तत्कालीन अध्यक्ष रीता सिंह वैद्य, उपाध्यक्ष तुलसी नारायण श्रेष्ठ, महासचिव गणेश भक्त श्रेष्ठ लगायत रहेका छन् ।
बालमन्दिरको करिब २९ रोपनी जग्गा वार्षिक १ करोड ९ लाख रुपैयाँ तिर्ने गरी लिजमा दिइएको विषयमा विवाद छ । पटक–पटक न्यून रकममा जग्गा लिजमा दिने सम्झौता गरेको भन्दै उजुरी परेको थियो ।
यी हुन पक्राउ पूर्जी जारी भएकाहरु
१) नेपाल बाल संगठनका तत्कालिन अध्यक्ष रीता सिंह ।
२) नेपाल बाल संगठनका तत्कालिन उपाध्यक्ष तुलसी नारायण श्रेष्ठ |
३) नेपाल बाल संगठनका तत्कालिन महासचिव गणेश भक्त श्रेष्ठ ।
४) नेपाल बाल संगठनका तत्कालिन उपमहासचिव सुमन शाक्य ।
५) नेपाल बाल संगठनका तत्कालिन सदस्य एवंम श्रोत तथा परिचालन उपसमिति संयोजक कृष्णशंकर साह ।
६) नेपाल बाल संगठनका तत्कालिन अख्तियार प्राप्त ऐ का महासचिव श्याम कुमार आले ।
७) नेपाल बाल संगठनका तत्कालिन अख्तियार प्राप्त ऐ का महासचिव सुवास कुमार पोखरेल ।
८) नेपाल बाल संगठनका तत्कालिन कोषाध्यक्ष मनोहर गोपाल श्रेष्ठ ।
९) नेपाल बाल संगठनका तत्कालिन महासचिव प्रचण्डराज प्रधान ।
१९) नेपाल बाल संगठनका तत्कालिन महासचिव रामकाजी कोने ।
११) नेपाल बाल संगठनका तत्कालिन उपाध्यक्ष योगेन्द्र बहादुर शाही ।
१२) नेपाल बाल संगठनका तत्कालिन उपकोषाध्यक्ष दिपकदास श्रेष्ठ ।
१३) वृहस्पति विद्यालय व्यवस्थापन प्रा. लि (बृहस्पति विद्यासदन) का अख्तियार प्राप्त तत्कालिन अध्यक्ष चिरञ्जिवि तिवारी ।
१४) बृहस्पति विद्यालय व्यवस्थापन प्रा.लि (बृहस्पति विद्यासदन) का संचालक प्रविण राज जोशी ।
१५) बृहस्पति विद्यालय व्यवस्थापन प्रा.लि (बृहस्पति विद्यासदन) का तत्कालिन संचालक मुरारी निधि तिवारी ।
१६) बृहस्पति विद्यालय व्यवस्थापन प्रा.लि (बृहस्पति विद्यासदन) का अध्यक्ष पुरुषोत्तम राज जोशी ।
१७) बृहस्पति विद्यालय व्यवस्थापन प्रा.लि (बृहस्पति विद्यासदन) का संचालक श्रद्धा संघाई ।
१८) बृहस्पति विद्यालय व्यवस्थापन प्रा.लि (बृहस्पति विद्यासदन) का संचालक अभिनव सिंघानिया ।
१९) बृहस्पति विद्यालय व्यवस्थापन प्रा.लि (बृहस्पति विद्यासदन) का संचालक सिद्धार्थ केडिया ।
२०) बृहस्पति विद्यालय व्यवस्थापन प्रा.लि (बृहस्पति विद्यासदन) का संचालक किर्ति प्रसाद पाण्डे ।