काठमाडौँ– भारतमा जारी लोकसभा निर्वाचनका क्रममा सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) विभिन्न राष्ट्रका १८ राजनितिक दललाई निम्तो दिएको छ ।


ADVERTISEMENT


भारतले आफ्नो चुनावी अभियान अवलोकन गराउन नेपालसहित विभिन्न देशका १८ वटा राजनीतिक पार्टीलाई दिल्लीमा निम्तो दिएको हो ।


ADVERTISEMENT

# # #


भाजपाको ग्लोबल आउटरिच कार्यक्रम अन्तर्गत ‘नो बिजेपी’ अर्थात् भाजपाबारे बुझाउने उद्देश्यले यी दलका नेताहरुलाई दिल्लीमा स्वागत गर्न लागिएको भाजपाका विदेश विभाग इन्चार्ज डा।बिजय चौथाइवालेले विज्ञप्तिमार्फत जनाएका छन् ।

सो कार्यक्रमका लागि नेपालबाट नेपालका प्रखुम ५ राजनितिक दल नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र जनमत पार्टीलाई निम्ता गरिएको छ ।

पार्टीलाई प्रतिनिधित्व गर्दै नेपालबाट कांग्रेसका उदय शमसेर जबरा,एमालेका उपमहासचिव बिष्णु रिमाल,माओवादी केन्द्रका नेता मात्रिका यादव,रास्वपाका शिशिर खनाल र जनमत पार्टीबाट डा. जयकान्त राउत जाने बुझिएको छ ।

कार्यक्रममा भियतनामको सत्तारुढन कम्युनिस्ट पार्टीसहित विभिन्न देशका दलहरुका प्रतिनिधिहरु सामेल छन् । उनीहरुलाई विभिन्न राज्यमा भइरहेका चुनावी अभियानमा समेत अवलोकन गराइने जनाएको छ ।