काठमाडौँ–वेष्ट इण्डिज ‘ए’ टोली नेपाल आइपुगेका छन् । घरेलु टोलीसँग ५ खेलको टी–२० सिरिज खेल्न वेष्ट इण्डिज ‘ए’ टोली बुधवार बिहान नेपाल आइपुगेको हो ।


ADVERTISEMENT


वेष्ट इण्डिज ‘ए’ र नेपालबिचको पहिलो खेल टीयु क्रिकेट मैदानमा वैशाख १५ गते हुनेछ । वैशाख १६ मा दोस्रो, १९ मा, २० मा चौथो र वैशाख २२ मा अन्तिम खेल हुनेछ ।


ADVERTISEMENT

# # #


नेपालसँग खेल्न पहिलो पटक वेस्ट इन्डिज टोली नेपाल आएको हो । वेष्ट इण्डिज ‘ए’ ले सिरिजका लागि अनुभवी खेलाडी रोस्टन चेसको कप्तानीमा १५ सदस्यीय बलियो टोली घोषणा गरिसकेको छ ।

टोलीमा ३ जनाबाहेक सबैसँग सिनियर टोलीबाट खेलेको अनुभव छ ।