धनगढी – सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता दीर्घबहादुर सोडारी नियुक्त भएका छन्। प्रदेश प्रमुख नजिर मियाँले बिहीबार सोडारीलाई सुदूरपश्चिमको मुख्यमन्त्री नियुक्त गरेका हुन् ।


ADVERTISEMENT


नेकपा एमाले नेता सोडारीलाई समर्थन गर्न तयार भएपछि उनले प्रदेश प्रमुख नजिर मियाँसमक्ष आजै मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए। सोडारी नेकपा माओवादी केन्द्रका ११, एमालेका १०, नागरिक उन्मुक्ति पार्टी (नाउपा)का ७, एकीकृत समाजवादीका ४ र एक स्वतन्त्र सांसदको समर्थनमा मुख्यमन्त्री बनेका हुन् ।


ADVERTISEMENT

# # #


सुदूरपश्चिमा यसअघि मुख्यमन्त्रीका लागि नाउपाबाटै २ जनाले दाबी गरेका थिए । तर, एकै पार्टीबाट २ जनाको दाबी परेकाले निर्णय गर्न नसकिने भन्दै प्रदेश प्रमुख मियाँले मुख्यमन्त्रीका लागि पुनः दाबी आह्वान गरेका थिए ।

यसअघि केन्द्रीय सत्ता गठबन्धनमा भएको सहमति अनुसार सुदूरपश्चिममा आफूले मुख्यमन्त्री पाउनुृपर्ने माग पूरा नभएपछि एकीकृत समाजवादीले केन्द्रको निर्णयविपरित नाउपाका रेशम चौधरी पक्षका सांसदलाई मुख्यमन्त्रीमा समर्थन गरेका थिए ।

केन्द्रको गठबन्धनमा समेत समस्या पैदा हुने भएपछि एमाले र माओवादी केन्द्र मुख्यमन्त्री नेकपा एसलाई दिन सहमथि जुटेसँगै सोडारी सुदूरपश्चिमको सत्तामा आएका हुन् ।