विराटनगर – नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापाले राजीनामा दिने, विश्वासको मत लिने नलिने कुरा मुख्यमन्त्रीको स्वविवेकमा छोडिएको बताएका छन् ।


ADVERTISEMENT


कोशी प्रदेशसभा बैठकपछि सञ्चारकर्मीसंग कुरा गर्दै थापाले राजीनामा वा विश्वासको मतको विषय नितान्त मुख्यमन्त्रीको विषय भएकाले स्वविवेकमा छोडिएको बताएका हुन् । उनले कांग्रेस लोकतान्त्रीक पार्टी भएकाले संविधानको मूल्य मान्यता अनुसार अघि बढ्न तयार भएको धारणा राखे ।


ADVERTISEMENT

# # #


संसदीय मुल्य मान्यता अनुसार आफुहरु संकल्प प्रस्तावमा छलफलका लागि तयार रहेको भन्दै उनले यसको निष्कर्षलाई स्वीकार गर्ने जिकिर गरे । संकल्प प्रस्ताव माथि शुक्रवार छलफल भई मुख्यमन्त्रीलाई बैशाख २६ गते सम्ममा विश्वासको मत लिन दबाब दिने एमाले माओवादीको तयारी छ ।