काठमाडौँ – रास्वपा उपसभापति डा स्वर्णिम वाग्लेले शान्तिपूर्ण विद्रोहबाटै विभिन्न क्षेत्रको सुधार गर्दै अघि बढ्ने बताएका छन् ।


ADVERTISEMENT


बिहीबार उपनिर्वाचनका सन्दर्भमा आयोजित इलाम सम्वाद कार्यक्रममा वाग्लेले अहिलेको व्यवस्थामाथि टेकेर रगत नबगाई शान्तिपूर्ण विद्रोहबाटै विभिन्न क्षेत्रको सुधार गर्दै अघि बढ्ने बताएका हुन् । उनले रास्वपाको संख्या र सामथ्र्य पुगेको दिन मुलुकको प्रादेशीक ढाँचालाई परिवर्तन गरेरै छाड्ने समेत बताएका हुन् ।


ADVERTISEMENT

# # #


वाग्लेले रास्वपालाई सहअस्तीत्व र पारस्पारिक सम्मानका आधारमा सवै नेपालीहरु अटाउने पार्टी बनाएको धारणा राखे । सामाजिक न्यायसहितको अर्थतन्त्रमा विश्वास गर्ने पार्टी रास्वपामात्रै भएको उनले बताए ।

त्यस्तै उनले साक्षरता र प्रतिव्यक्ति आय राम्रो भएको जिल्लामा इलाम पर्ने भएपनि अपेक्षित फड्को मार्न नसक्नुको कारण कुशासन भएको तर्क गरे ।