काठमाडौँ– नेपाली कांग्रेसका प्रदेशसभा सदस्य इन्द्र बहादुर बानियाँले ३ नं प्रदेशको राजधानी हेटौंडाबाट अन्यत्र लैनाने प्रयास नगर्न चेतावनी दिएका छन् ।


ADVERTISEMENT


प्रदेश नं ३ मा आज बसेको पहिलो प्रदेशसभाको बैठकमा बोल्दै उनले सबै दृष्टिकोणबाट हेटौँडा नै प्रदेश राजधानी उपयुक्त हुने भएकाले खन्यत्र नसार्न चेतावनी दिएका हुन् । यदि त्यसो गरेमा आन्दोलमा उत्रिने पनि उनले बताए । मकवानपुरबाट प्रदेशसभामा निर्वाचित उनले तीन नम्बर प्रदेशको अस्थायी राजधानी हेटौडा तोक्ने सरकारको निर्णयको प्रशंसा गरे ।


ADVERTISEMENT

# # #


नेपाली कांग्रेसको तर्फबाट संसदमा धारणा राखेका उनले देश विकासका लागि सहमति, सहकार्य र एकतालाई प्राथमिकतामा राखेर अघि बढ्नुपर्नेमा जोड दिए। उनले अल्पमतको आवाजलाई पनि सुन्दै मुलुकलाई शब्दमा मात्रै नभई व्यवहारिक रुपमा नै सम्वृद्धिको बाटोमा अग्रसर गराउनुपर्ने उल्लेख गरे।