काठमाडौं-घोराही उपमहानगरपालिका १५, दाङका २७ बर्षीय विशाल बस्नेत श्रम राज्यमन्त्री डिल्ली चौरीमार्फत डेनमाार्क पठाउने भन्दै ६ जनासँग ४१ लाख रुपैयाँ असुलेर फरार भएका छन् ।


ADVERTISEMENT


सरारी कोटामा डेनमार्क पठाउने स्वीकृतति पाएको कागज देखाई बस्नेतले पीडितसँग ७ लाख ५० हजार रुपैयाँसम्म उठाएर भागेका हुन् । ठगिएका सबै बस्नेतकै छिमेकी हुन् ।


ADVERTISEMENT

# # #


श्रम राज्यमन्त्री चौधरी हाम्रै जिल्लाका माननीय हुन् । बस्नेतले मन्त्रीस्तरको निर्णयबाट २८ जनालाई डेनमार्क पठाउन लागेको भन्दै सरकारी कागज देखाए ।

मन्त्रीसँग आफ्नो नजिकको सम्बन्ध रहेको र उनैमार्फत डेनमार्क पठाईने भनेर जिम्मा लिए, पीडित डोकराज कालाथोकीले भने, ठगिएपछि मात्र थाहा भयो, यो विषयमा न मन्त्रीलाई थाहा रहेछ न उनीसँग बस्नेतको कुनै सम्बन्ध नै रहेछ ।-आजको कान्तिपुर दैनिकबाट