विराटनगर– मोरङको विराटनगर महानगरपालिका–१५ स्थित एक नम्बर ढाटबाट प्रतिवन्धित लागुऔषध ब्राउनसुगर सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।


ADVERTISEMENT


बुधवार दिउँसो सवा १२ बजे भारतबाट नेपालतर्फ पैदल आउदै गरेका मोरङको लेटाङ नगरपालिका–९ का रोशन दर्जी र ३१ वर्षीय सुदन परियारलाई लागुऔषध नियन्त्रण ब्युरोले ७ ग्राम १ मिलिग्राम लागुऔषध ब्राउनसुगरसहित पक्राउ गरेको हो ।


ADVERTISEMENT

# # #


पक्राउ परेका दुवैजना उपर इलाका प्रहरी कार्यालय रानीबाट कानूनी प्रकृया भइरहेको प्रहरीले जनाएको छ ।