राहुल गुप्ता, बारा – सशस्त्र प्रहरी बल नेपाल बारा बीओपी बरैनियाले भन्सार छलेर ल्याइएका १लाख ८ हजार ९ सय बराबरका अवैध सामान बरामद गरेको छ ।


ADVERTISEMENT


बुधबार बिहान बाराको बिश्रामपुर गाउँपालिका–४ बलिरामपुर सीमा ईलाकामा अवैध रुपमा भारतबाट २ जना व्यक्तिले टाउकोमा बोकी नेपालतर्फ ल्याँउदै गरेको रु ९० हजार बराबरको ९ सय पिस अत्तर र रु. १८ हजार ९ सय बराबरको विभिन्न प्रकारका पटका नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बाराले जनाएको छ।


ADVERTISEMENT

# # #


बिओपीबाट सशस्त्र प्रहरी निरीक्षक प्रकाश आचार्यको कमाण्डमा खटिएको टोलीलाई देख्न साथ सामान सोही स्थानमा छाडी सामान ल्याउने व्यक्तिहरु भारततर्फ फरार भएका थिए ।

बरामद सामान भन्सार बुझाउने प्रक्रियामा रहेको बिओपी बरैनियाले जानकारी दिएको छ।