विराटनगर – विराटनगरको रानी क्षेत्रमा दुईसमूहबीच विवाद भएपछि झडप भएको छ ।


ADVERTISEMENT


रामनवमीको अवसरमा निकालिएको र्याली अर्को समुदायको बस्तीमा पुगेपछि तनाव उत्पन्न भएको थियो । र्यालीलाई अर्को समूहले रोकेपछि दुईसमूहबीच झडप भएको हो ।


ADVERTISEMENT

# # #


झडप भएपछि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेर स्थितिलाई नियन्त्रणमा लिने प्रयास गरिएको थियो । सो क्रममा केही राउण्ड अश्रुग्यास र हवाई फायर समेत गरिएको प्रहरीले जनाएको छ । झडपमा परि केही स्थानीय र सुरक्षाकर्मी समेत घाइते भएका छन् ।

ठूलो संख्यामा प्रहरी परिचालन गरेपछि सो क्षेत्रको अवस्था सामान्य हुँदै गएको छ ।