काठमाडौँ- एनएमबि बैको दिन बैंकको एघारौँ हेरिटेज वाक कार्यक्रम सम्पन्न भएको छ ।


ADVERTISEMENT


बुधवार बल्खु श।खाबाट शुरु भएको पैदल यात्रा किर्तिपुरस्थित उमा महेश्वर मन्दिर परिसरमा गएर सम्पन्न भएको हो ।


ADVERTISEMENT

# # #


“हाम्रा सम्पदा हुन खुला संग्रहालय, इतिहास र संस्कृतिका महाविद्यालय” भन्ने मूल नाराको बोकेको सो कार्यक्रमको मुख्य उद्देश्य मुलुकको ऐतिहासिक तथा सामाजिक रुपान्तरणको लागि सांस्कृतिक सम्पदा प्रवर्धन र साक्षरता अभिवृद्धि गर्नु रहेको बैंकले जनाएको छ ।

नेपाल हेरिटेज सोसाईटीको सहकार्यमा सम्पन्न सो वाकमा झण्डै ७५० जनाको उपस्थित रहेको थियो । बाग्मती प्रदेशका संस्कृति, पर्यटन तथा सहकारी मन्त्री शैलेन्द्र मान बज्रचार्यको प्रमुख आतिथ्यतामा सम्पन्नसो समारोहमा एनएमबिले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सम्पदा संरक्षणको लागि नेपाल हेरिटेज सोसाईटीलाई ५ लाख सहयोगका साथै किर्तिपुर महानगरपालिकालाई डस्टविनहरु समेत हस्तान्तरण गरेको छ ।

यस्तै बैंकले प्रदेश नं. १ मा पनि एकै साथ एघारौँ हेरिटेज वाक कार्यक्रम सम्पन्न गरेको छ ।