गण्डकी– नेपाली कांग्रेसले गण्डकी प्रदेश सभाको बैठक आह्वानप्रति असहमति जनाएको छ ।


ADVERTISEMENT


कांग्रेसले बुधबार गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले गण्डकी प्रदेश सरकार मन्त्रिपरिषद्को सिफारिसमा आह्वान गरेको बैठकप्रति असहमति जनाएको हो ।


ADVERTISEMENT

# # #


मुख्यमन्त्री नियुक्तिका विषयमा सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेको अवस्थामा प्रदेश सभाको अधिवेशन बोलाउनु गलत भएको कांग्रेसको आरोप छ ।

‘सम्मानित सर्वोच्च अदालतको अन्तरिम आदेश र मुद्दाको पेशी समेतलाई बेवास्था गर्दै अदालतको आदेशको समेत अवहेलना हुने गरी गण्डकी प्रदेश सरकारले विभिन्न नियुक्ति तथा वैशाख ७ गते दिउँसो ३ बजेका लागि प्रदेश सभा बैठक आह्वान गर्न सिफारिस गर्नु र प्रदेश प्रमुखले बैठक आह्वान गर्नु अर्को गैरजिम्मेवार कदम हो । यसप्रति हाम्रो गम्भीर असहमति छ,’ कांग्रेस गण्डकी प्रदेश संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे जारी विज्ञप्तिमा उल्लेख छ ।

गण्डकीमा एमाले संसदीय दलका नेता अधिकारीले सभामुखलाई समेत गणना गरेर मुख्यमन्त्रीमा दाबी गरेर मुख्यमन्त्री नियुक्त भएको भन्दै पाण्डेले सोविरुद्व सर्वाेच्चमा रिट दर्ता गराएका थिए ।

त्यसै रिटउपर सर्वोच्च अदालतले मुख्यमन्त्री अधिकारी नेतृत्वको गण्डकी प्रदेश सरकारलाई दीर्घकालीन असर पर्ने निर्णयहरू नगर्न अन्तरिम आदेश दिएको छ ।