काठमाडौँ– एकीकृत समाजवादी(एस) ले सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा संसदीय दलका नेता दीर्घबहादुर सोडारीलाई उठाउने निर्णय गरेको छ ।


ADVERTISEMENT


बुधबार बसेको सचिवालय बैठकले दल नेता सोडारीको नेतृत्वमा सरकार गठन प्रक्रिया अगाडि बढाउने निर्णय गरेको हो ।


ADVERTISEMENT

# # #


मंगलबार नेकपा एसका नेता झलनाथ खनालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर सुदूरपश्चिमको मुख्यमन्त्री पार्टीलाई दिन आग्रह गरेका थिए । सत्ता गठबन्धनमा संकट आएपछि प्रधानमन्त्री प्रचण्ड पनि सुदूरपश्चिमको मुख्यमन्त्री एकीकृत समाजवादीलाई दिन तयार भएका थिए ।

यसअघि सुदूरपश्चिमको मुख्यमन्त्रीमा नागरिक उन्मुक्ति पार्टी (नाउपा)का दुई सांसद लक्ष्मण किशोर चौधरी र कैलाश चौधरीले दाबी पेश गरेका थिए ।

तर, एकै पार्टीबाट दुई जनाले दाबी गरेकाले निष्कर्षमा पुग्न नसकिएको भन्दै प्रदेश प्रमुख निजर मियाँलेदुवै दाबी अस्वीकृत गर्दै पुनः दाबीका लागि आह्वान गरेका छन् ।