काठमाडौँ – १४ औं केन्द्रस्तरीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगीता मंगलबारबाट काठमाडौंमा सुरु भएको छ ।


ADVERTISEMENT


त्रिपुरेश्वरस्थीत दशरथ रंगशालामा आयोजित बिशेष समारोहकाबीच राष्ट्रपति रामचन्द्र पौडेलले प्रतियोगीताको उद्घाटन गरेका थिए । कार्यक्रममा बिभिन्न प्रदेशबाट आएका खेलाडीहरुले मापपार्स गरेका थिए । प्रतियोगीतामा स्थानीय तह, जिल्ला तथा प्रदेश छनोटबाट आएका सातै प्रदेशका ६ सय ८६ खेलाडी सहभागी छन् ।


ADVERTISEMENT

# # #


प्रतियोगितामा एथलेटिक्स, भलिबल, कबड्डी, कराँते, तेक्वान्दो र उसु खेलमा ६६ स्वर्णका लागि खेलाडीबीच प्रतिस्पर्धा हुने राखेपले जनाएकोे छ । कुल ११ लाख ५२ हजार पुरस्कार राशी रहेको प्रतियोगिताको कुल बजेट १ करोड ५० लाख रुपैयाँ विनियोजन गरिएको राखेपले जनाएको छ ।