रुकुम पश्चिम – रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाले १६ वटा सामुदायिक विद्यालयलाई समायोजन गरेको छ । गाउँ कार्यपालिकाको बैठकले विद्यार्थी सङ्ख्या न्यून भएका १६ वटा विद्यालय समायोजन, कक्षा घटुवा, तह घटुवा तथा शाखा बिस्तार निर्णय गरेको हो ।


ADVERTISEMENT


सोही निर्णयअनुसार विद्यालय समायोजन यसै शैक्षिक सत्रदेखि लागू भएको सानीभेरी गाउँ कार्यपालिकाका प्रवक्ता पहलसिंह घर्तीले जानकारी दिए । उनका अनुसार कार्यपालिकाको बैठकले १५ वटा विद्यालयको तह घटुवा तथा कक्षा घटुवा गर्ने निर्णय गर्दा एक वटा विद्यालयको शाखा विस्तार गर्ने निर्णय गरेको थियो । सोहीअनुसार बालकल्याण आधारभूत विद्यालय पोखेरोल, कालिका आधारभूत विद्यालयमा शाखा विस्तार भएको छ ।


ADVERTISEMENT

# # #


त्यस्तै शीतल माध्यमिक विद्यालय फक्रैया, बालज्योति माध्यमिक विद्यालय गिठाकोट, सूर्योदय माध्यमिक विद्यालय बेल्टापु र जनज्योति माध्यमिक विद्यालय मेलचौरमा कक्षा ११ र १२ बाट कक्षा १० मा झारिएको छ ।