काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टीका सहमहामन्त्री रवीन्द्र प्रताप शाहले अन्दोलनको क्रममा मृतक ठाकूर प्रसाद डाँगीलाई सरकारले शहिद घोषणा नगरे राप्रपाले कडा सडक आन्दोलन गर्ने चेतावनी दिएका छन् ।


ADVERTISEMENT


रफत सञ्चार क्लबमा मंगलबार आयोजित अन्तरसंवाद कार्यक्रममा बोल्दै शाहले मृतकलाई सहिद घोषण नगरे सरकारले चर्को मूल्य चुकाउनुपर्ने बताए ।


ADVERTISEMENT

# # #


सरकारका गृहमन्त्रीले शान्तीपूर्ण रुपमा परिचालन गरिएको अन्दोलनमा गरेको दमन नेपालकै इतिहासमा अक्ष्मय रहेको बताउँदै शाहले भने अन्दोलनमा गरिएको दमन निन्दनीय रहेको धारणा राखे । उनले राप्रपाको बैशाख १६ र १७ गते बस्ने केन्द्रीय कार्यसम्पादन समितिको बैठकले थप अन्दोलनको घोषणा गर्ने जानकारी दिए ।

गणतन्त्र असफल भईसकेको जीकिर गर्दैँ शाहले राष्ट्रपतिको स्थानमा राजातन्त्र नभई राजसंस्था स्थापन गर्ने राप्रपाको मूल एजेन्डा भएको बताए ।

गत मंगलबार राजधानीमा राप्रपाको शक्ति प्रदर्शनका क्रममा प्रहरीले फ्याँकेको अश्रुग्याँसबाट सिकिस्त भएका डाँगीको सोमबार वीरेन्द्र सैनिक अस्पताल छाउनीमा उपचारको क्रममा  निधन भएको थियो ।