काठमाडौँ– चैत शुक्ल अष्टमी, अर्थात चैते दशैंका अवसरमा मंगलबार देवीको पूजा उपासना गरिएको छ ।


ADVERTISEMENT


असुर शक्तिमाथि दैवीशक्तिको विजय तथा असत्यमाथि सत्यको विजयका रुपमा लिइने दशैं हिन्दुधर्मावलम्बीहरुले वर्षमा दुईपटक मनाउने गर्दछन् । असोजमा मनाइने दशैंलाई बडादशैको रुपमा मनाइन्छ भने चैत शुक्ल अष्टमीमा चैते दशैं मनाइन्छ ।


ADVERTISEMENT

# # #


यस दिन घरघरमा तथा देवीका मन्दिरमा देवीभागवत, कालिका पुराणलगायत स्तोत्र पाठ गरिन्छ । वर्षको दुई पटक चैत र असोजमा गरिने दुर्गापूजाको विशेष महत्व रहेको शास्त्रमा वणिर्त छ ।

चैते दशैँको दिन काठमाडौंको भद्रकाली, शोभाभगवती, दक्षिणकाली, गुहेश्वरी, संकटा, नक्साल भगवतीका साथै गोरखाको मनकामना लगायत देशभरका शक्तिपीठहरुमा दर्शनार्थीको घुइँचो लागेको छ ।