जनकपुरधाम – मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज विश्वासको मत लिन लागेका छन् ।


ADVERTISEMENT


मधेश सरकारबाट निकालिएको कांग्रेसले चैत ९ गते समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले  विश्वासका मत लिन लागेका हुन् ।


ADVERTISEMENT

# # #


विश्वासको मतका लागि आज दिउँसो १ बजेका लागि बैठक आह्वान गरिएको छ ।

२७ पुस २०७९ मा मुख्यमन्त्री नियुक्त भएका जसपा संसदीय दलका नेता यादवले १५ महिनाको अन्तरालमा चौथो पटक विश्वासको मत लिन लागेका हुन् । यसअघि उनले मुख्यमन्त्री बन्दा, एमालेले र जनमतले समर्थन फिर्ता लिंदा तीनपटक विश्वासको मत लिएका थिए ।