काठमाडौँ – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ।


ADVERTISEMENT


मंगलबार बिहान १ बजेदेखि लागू हुने गरी निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँको दरले मूल्य बढाएको हो।


ADVERTISEMENT

# # #


भारतबाट मूल्य बढेर आएको भन्दै निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाउने निर्णय गरेको हो। निगमका अनुसार भारतबाट पेट्रोलमा प्रतिलिटर २.९६ रुपैयाँ र डिजेलमा प्रतिलिटर ३.४६ रुपैयाँले बढेर आएको छ।